जब डाक्टर आफै‌ बिरामी परेपछि……
sssssss sss

 

बरियारपट्टी । डाक्टर भन्नेबित्तिकै हाम्रो मनमा एउटा त्यस्तो व्यक्तिको तस्वीर आउँछ जसले अरुको जीवन बचाउन, पीडामा मलहम लगाउन र मृत्युको मुखबाट फर्काउन अहोरात्र खटिन्छ। डाक्टर केवल एक पेशा होइन, यो सेवा, समर्पण र संवेदनाको प्रतीक हो। समाजमा डाक्टरको स्थान अत्यन्तै उच्च मानिन्छ, कहिलेकाहीँ त मानिसहरू उनीहरूलाई भगवान् नै सम्झन्छन्। आखिर, रोगको भयावह अवस्थामा जब अरू केही काम लाग्दैन, तब डाक्टर नै अन्तिम आशा बनिन्छ।

तर, सोच्नुस् त जब स्वयं डाक्टर नै बिरामी हुन्छन् भने के हुन्छ? जुन व्यक्ति अरूको जीवन जोगाउन रातदिन खटिन्छ, जब ऊ स्वयं कमजोर हुन्छ, तब समाजले त्यो अवस्थालाई कस्तो दृष्टिले हेर्छ? यस प्रश्नले हामीलाई डाक्टरको भूमिका र पीडामा समेत उनीहरूको मानवीय पक्षलाई बुझ्न बाध्य बनाउँछ।

डाक्टर बन्ने यात्रा सहज हुँदैन। यो यात्रामा ज्ञान, परिश्रम, समय र ठूलो आर्थिक लगानी लाग्छ। नेपालमा डाक्टर बन्न मेडिकल अध्ययन गर्न करोडौं रुपैयाँ खर्च लाग्ने हुँदा, सबैको पहुँचमा यो सपना नपुग्ने हुन्छ। धेरै मेधावी विद्यार्थी खर्चको अभावमा यो सपना देखेरै रोकिन्छन्। अर्कातर्फ, जसले सकेका छन्, उनीहरूलाई आफ्नो श्रम, लगानी र ज्ञानको मूल्य अनुसार सम्मान र उचित पारिश्रमिक अपेक्षित हुन्छ।

जब डाक्टर आफै बिरामी पर्छन्, तब राष्ट्रियले बुझ्नुपर्ने बेला आएको छ कि उनीहरू पनि हामीजस्तै मानव हुन् , भावना, थकान, दुःख, आर्थिक लगानी पर रोग सबैका पीडाबाट गुज्रने। उनीहरूको सेवा मूल्यवान् छ, तर उनीहरूको जीवन पनि त्यत्तिकै मूल्यवान् छ।

नेपालजस्तो विकासोन्मुख देशमा डक्टर आफै बिरामी हुदा स्वास्थ्य सेवा गरिब र गाउँबासीको लागि सहज र सुलभ छैनन्। हाम्रो देशका धेरैजसो डाक्टरहरू शहर केन्द्रित छन्, र ग्रामीण भेगमा स्वास्थ्य सेवा अझै कमजोर अवस्था‌मा छ। यस अवस्थाका पछाडि धेरै कारण छन्, जसमा प्रमुख कारण भनेकै डाक्टर बन्न लाग्ने खर्च, सेवा सुविधाको अभाव र राज्यको तर्फबाट उचित व्यवस्थापन नहुनु हो।

डाक्टर बन्नका लागि विद्यार्थीले करोडौं रुपैयाँसम्म खर्च गर्नुपर्छ। निजी मेडिकल कलेजहरूमा अध्ययन गर्न अत्यधिक शुल्क लाग्ने हुँदा, अधिकांश विद्यार्थी वा त ऋण लिएर वा त परिवारको सबै सम्पत्ति लगानी गरेर यो यात्रा सुरु गर्छन्। यस्तो अवस्थामा, अध्ययन सकेपछि उनीहरू तत्काल ऋण तिर्न वा लगानीको प्रतिफल खोज्न बाध्य हुन्छन्।

तर सरकारले उनीहरूलाई ग्रामीण भेगमा पठाउँदा न त काम अनुसार पारिश्रमिक दिन्छ, न त आवश्यक सुविधा। गाउँमा सुत्ने राम्रो ठाउँ छैन, बिरामी हेर्न उपकरण छैन, आपत्कालीन अवस्थामा समर्थन दिने टिम छैन, र सुरक्षाको समेत ग्यारेन्टी हुँदैन। यस्तो अवस्थामा, डाक्टर सहरतिरै केन्द्रित हुनु केवल रोजाइ मात्र नभई बाध्यता पनि हो।

शहरका निजी अस्पतालहरूले डाक्टरलाई राम्रो पारिश्रमिक, आरामदायक कार्य वातावरण, प्रविधिसम्पन्न उपकरण र समयको लचकता दिन्छन्। जसका कारण डाक्टरहरूको प्राथमिकता सरकारी सेवाभन्दा निजी क्षेत्र बन्न गएको छ। यसले ग्रामीण क्षेत्रका जनता स्वास्थ्य सेवाबाट वञ्चित भइरहेका छन्।

राज्यले डाक्टरहरूलाई गाउँ पठाउने मात्र होइन, उनीहरूको श्रम र योगदानअनुसार उचित पारिश्रमिक, सेवा सुविधा, सुरक्षित र व्यवस्थित वातावरणको सुनिश्चितता दिन आवश्यक छ। गाउँका अस्पतालहरू प्रविधियुक्त बनाउनुपर्छ, डाक्टरहरूका लागि आवास, सुरक्षाको व्यवस्था गर्नुपर्छ र उनीहरूको पेशागत सम्मान कायम राख्नुपर्छ।

यदि सरकारले डाक्टरको परिश्रमलाई सम्मान गर्न सकेन भने, योग्य र सक्षम डाक्टरहरू विदेशिने क्रम बढ्छ, र देशभित्रै स्वास्थ्य सेवा पहुँचहीन बन्छ।

डाक्टरहरूलाई दोष दिनुभन्दा पहिला राज्यले आफनो नीति सुधार गर्नुपर्छ। जब डाक्टरलाई गाउँ जान सहज र सुरक्षित लाग्छ, तब मात्र देशको समग्र स्वास्थ्य प्रणाली मजबुत र सर्वसुलभ बन्न सक्छ।

हामीले डाक्टरप्रतिको दृष्टिकोणलाई सन्तुलित बनाउनु पर्छ, उनीहरूको योगदानको कदर गर्न सक्ने र आवश्यक सुधारहरू (जस्तै, गरिबका लागि सहज उपचार, चिकित्सा शिक्षा सुलभ बनाउने, सेवा र पारिश्रमिकमा सन्तुलन ल्याउने) गर्न सक्ने नीतिहरू अपनाउनु जरुरी छ।

जब डाक्टर बिरामी पर्छन्, तब हामीलाई थाहा हुन्छ, उनीहरू पनि उपचारका हकदार हुन्। तबमात्र डाक्टरप्रतिको हाम्रो नजर साँच्चै मानवीय र न्यायसंगत बन्नेछ।

हाम्रो समाजमा गरिब वर्गको अवस्था भने अझै कमजोर छ। गाउँघरका जनताको स्वास्थ्य पहुँच अझैपनि सिमित छ। स्वास्थ्य सेवा सुविधा केन्द्रित शहरहरूमा छन्, जहाँसम्म पुग्नको लागि खर्च, समय र साधनको अभाव गरिब वर्गको लागि ठूलो बाधा हो। डाक्टरहरूसम्म पुग्न नसक्ने ती गरिब जनता रोग बढेपछि मात्रै अस्पताल पुग्छन्, जसले गर्दा रोग असाध्य भइसकेको हुन्छ।

हाम्राे देशका सरकारले डक्स्वाटरलाई बिरामी बनाएकै कारण आज स्वास्थ्य उपचारमा दिनप्रतिदिन बढ्दो महँगीले पनि सर्वसाधारणको जीवन कठिन बनाइरहेको छ। सामान्य चेकजाँचदेखि लिएर शल्यक्रिया र औषधी खर्चसमेत आम मानिसको पहुँचबाहिर जान थालेको छ। सरकारी अस्पतालमा उपचार गुणस्तरको अभाव देखिन्छ भने निजी अस्पताल अत्यधिक महँगो हुँदै गएका छन्। यस्तो अवस्थामा डाक्टरको सेवा प्राप्त गर्नु सजिलो छैन।