आत्मानिर्भर बनाउ १ महिने  तालिम सम्पन्न । 

माेरङकाे रंगेली ६ मा रहेको गृह श्रमिक सृजनशिल महिला समाज नेपालकाेे आयोजना तथा टेवा थापा खेल संस्थाकाे सहयोगमा रंगेली नगरपालिका भित्रका महिला हरुलाई आत्मानिर्भर बनाउने उदेश्यका साथ १ महिने एड्भान्स तालिम सम्पन्न भएको छ ।  संस्थागत विकास र दिगोपन भन्ने मुल नाराकासाथ रंगेली स्थित  पब्लिक उच्च माध्यमिक बिधालयकाे पुरानाे भवनाम एक महिने  सीपमूलक कार्यक्रमकाे आयोजना गरिएको थियो। तालिममा  महिलाहरूले बाँसबाट विभिन्न प्रकारका सामग्रीहरु बनाएर  प्रदर्शन गरेर कार्यक्रम सम्पन्न गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि  प्रदेश सभा सदस्य यसाेधा कायस्त,  विशिष्ट अतिथि उपमेयर भूमा पराजुली, वडा अध्यक्ष सुजित मण्डल, इलाका प्रहरी कार्यालय रङ्गेलीका प्रहरी निरीक्षक नगेन्द्र बाेगटी,मुख्य मन्त्रीका आर्थिक सल्लाहकार  डाक्टर माेहन सुवेदी, संस्थाका अध्यक्ष शान्ता श्रेष्ठ, अमृता राय,उषा कुवार  स्थानीय बुद्धिजीवी लगायतको समेत सहभागिता रहेको थियो।   समापन कार्यक्रममा सहभागीहरुले आफूहरुलाई एकमहिनाकाे  तालिमले आत्मानिर्भर बनाउन सफल भएकोमा आफुहरु निकै खुशी भएको सहभागीहरुले बताए । प्रशिक्षक गोपाल तामाङका अनुसार  बाँसको  चोया तथा जराबाट आधुनिक सजावटका सामग्री निर्माण भएका वस्तुहरु  स्थानीय स्तरमै बिक्री वितरण गर्ने बिक्री नभएको अवस्थामा आफुले बिक्रीवितरणका लागि पठाउन पहल समेत गर्ने बिष्वास दिएका छन ।तालिममा  सहभागी हरुलाई साेफा,  घर , कुर्सी, टेबल,  बक्सा , किस्तस्ती, गिलासर चरा फाेटाे हाल्ने फ्रेम, चरा  लगायतका सामग्रीहरु समेत बनाएका थिए । अतिथिहरूलाई  मायाको चिनो स्वरूप सहभागीहरुले बनाएका विभिन्न सामग्रीहरु समेत हस्तान्तरण गरिएको थिए ।